नेतृत्व विकास तालिम सम्पन्न

आवाज इन्टरनेशनलको आयोजनामा गैडहवामा प्रधानाध्यापकहरुलाई नेतृत्व विकास तालिम सम्पन्नरुपन्देही, जेठ ११: प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग र आवाज इन्टरनेशनलको आयोजनामा तालिम सम्पन्न भएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको कार्यक्रममा गैडहवा गाउँपालिकाका बाईस सामुदायिक विद्यालय र आठ मदरसा विद्यालयका समेत तीस प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यतामा आरम्भ भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष बछु केवट बच्चुलालले गरेका थिए ।यसैबीच कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत नारायण अर्यालले समाज रुपान्तरण र विकासका लागि शिक्षा सबैभन्दा महत्त्वपूर्ण तत्व भएकाले यहाँको शैक्षिक विकासका लागि तालीम कार्यक्रमको आयोजना गरिएको बताए ।कार्यक्रमको संचालन गर्दै आवाज इन्टरनेशनलका अध्यक्ष शशि शर्मा मजगैंयाले आफुहरुले मुलुकको शैक्षिक विकासका लागि विभिन्न कार्यक्रम तथा अभियानहरु संचालन गरिरहेको बताउदै गैडहवामा संचालित तालीमले यहाँको शैक्षिक गुणस्तर र विकासमा योगदान पुग्ने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शुभावती यादव, राष्ट्रिय युवा गैसस महासङ्घका अध्यक्ष कमल सुवेदी ,पव्लिक मा.वि का प्रधानाध्यापक डिलाराम खनाल लागयतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले आयोजक र गाउँपालिकाले गरेको अनुकरणीय कार्यको प्रसम्सा गर्दै आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको औपचारिक सत्रपछि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले प्रशिक्षण दिएका थिए ।दोस्रो दिन बिहानैदेखि आरम्भ भएको तालिम कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र श्रम,रोजगार तथा समाजिक विकास मन्त्रालयका सहसचिव डा.नारायण रेग्मीले सहभागीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षक त्रयले शिक्षकले विद्यालय संचालन गर्दा पालना गर्नुपर्ने आचरण र प्रदर्शन गर्नुपर्ने क्षमाताका विषयमा चर्चा गरेका थिए ।कार्यक्रमका सहभागीहरुले धेरै महत्त्वपूर्ण कुराहरु सिकेको बताए । उनिहरुले यस्ता खालका कार्यक्रमहरु निरन्तर आयोजना हुनुपर्ने माग समेत व्यक्त गरे । कार्यक्रममा सहभागिको तर्फबाट मदरसा विद्यालयका प्र.अ सुनिता आचार्य , धौलागिरी मा.विका प्रधानाध्यापक पुर्णबहादुर पुन,नेपाल शिक्षक महासङ्घ गैडहवा गाउँ कार्यसमितिका अध्यक्ष हरिषचन्द्र कोहार लगायतका सहभागीले प्र.अ भनेका विद्यालयका मुटु हुन् ,मुटुले सहि तरिकाले काम गर्यो भने शरीरका हरेक कोष कोषमा ताजा रगत प्रवाह हुने उदाहरण राख्दै प्र.अ ले सहि तरिकाले काम गरे विद्यालयको आर्थिक,सामाजिक ,भौतिक र शैक्षिक विकास सहि तरिकाले हुने धारणा व्यक्त गरे ।कार्यक्रमको समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष बच्चुलाल र प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकाका सम्पुर्ण शैक्षिक निकायहरुको समृद्धि र विकासका लागि नयाँ कार्यक्रम र योजना समेत तर्जमा गरि यहाँका विद्यालय ,विद्यार्थी र शिक्षकहरुको गुणस्तर वृद्धिका लागि जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको प्राविधिक व्यवस्थापन गाउँपालिकाका नायब सुब्बा सन्जयकुमार पासी र आवाज इन्टरनेशनलका अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक हेमन्त शरण बगालेले गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्ण प्रधानाध्यापक,श्रोत व्यक्ति र सहकार्यमा साथ दिने गैडहवा गाउँपालिकाप्रती धन्यवाद व्यक्त गर्दै फेरि पनि नयाँ नयाँ कार्यक्रम लिएर आउने संयोजक बगालेले बताए ।

Leave a Reply

Your email address will not be published.